प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा राँके जुलुस

काठमाडौं : प्रतिनिसभा विघटनको विरुद्धमा नेकपा प्रचण्ड-माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताले काठमाडौंमा राँके जुलुसमा निकालेका छन् ।

उनीहरूले बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म जुलुस निकालेका हुन् । जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

याे पनि पढ्नुस  माघ १८ गतेपछि मात्रै छलफल गर्न प्रचण्ड–माधव समूहको आयोगलाई आग्रह

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।

कमेन्ट गर्नुहोस्