काठमाडौं : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमदले संविधान र लोकतन्त्रलाइए गम्भीर आघात पुर्याएको बताएका छन् ।
आज विज्ञप्ति जारी गर्दै नगरपमुख घिमिरेले प्रधानमन्त्री ओलीले संविधानको मर्म र जनभावना विपरित संसद् विघटन गर्दा अस्थिरिताको पुनरावृति गरेको अनुभूति भइरहेको बताएका हुन् ।
साथै, उनले तत्काल मध्यावधि चुनाव गर्नु जनताको हितविपरित भएकोसमेत उल्लेख गरेका छन् । ‘मध्यावधि चुनावका लागि खर्च हुने अर्बौं रकम स्वास्थ्य, भौतिक तथा सामाजिक विकास निर्माणका कार्यमा लगाउन उपयुक्त हुन्छ,’ मेयर घिमिरेले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘विकास बजेट कटौती गरेर गरिने मध्यावधि चुनाव नेपाली जनताको हितविपरित छ ।’
साथै, उनले स्थायित्व, समृद्धि र सुशासनको लागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसमेत गरेका छन् ।
विज्ञप्ति :