काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसद् विघटननविरूद्व अहिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेको छ ।
‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित नेकपा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नाायणकाजी श्रेष्ठलगायत सांसद्, केन्द्रीय सदस्य, विभिन्न संगठनका नेताकार्यकर्ता विरोध प्रदर्शनमा सहभागी छन् ।
उनीहरूले प्रतिनिधि सभा पुनर्स्थापना गर, संसद् विघटन मान्दैनौं, असंवैधानिक कदम खारेज गरलगायतका नारा लगाइरहेको छन् ।
माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
साथै संसद् विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।
संसद विघटनसम्बन्धी मुद्दा सुनुवाईका लागि गठन भयो इजलास, को को न्यायाधीश छन् त ?