काठमाडौंः वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
बहुमत ४५ प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।
वागमती प्रदेशमा ११० जना सांसद छन् । तीमध्ये ८० जना नेकपाका हुन् ।
साथै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योगमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक मन्त्री युवराज दुलाल रहेको छन् ।मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन् ।