काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत केन्द्रीय सदस्य २९७ को हस्ताक्षर निर्वाचन आयोगमा बुझाइएको छ ।
नेकपाका अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाललगायतका नेताहरू पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएका हुन् ।
नेकपा शिर्ष नेतासहित केन्द्रीय सदस्यको जुलस माइतीघर मण्डलाबाट आयोग गएको थियो ।