काठमाडौंः पूर्व सभामुख कृष्णबहादुर महराको राजनीति पुनरागमन भएलगतै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसंग महत्त्वपूर्ण भेटघाट भएको छ ।
नेपाल कमन्युष्ट पार्टी (नेकपा) विभाजन भएपछि राजनीतिमा उदाएका महरासंग राजदुत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक बिषयमा छलफल गरेकी हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा संसद विघटनपछि दुई भागमा विभाजित भएको नेकपा भित्र राजनीतिक सरगर्मी बढिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीसंग नजिक देखिने महरालाइ गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपाको विवाद मिलाउन पटक पटक भूमिका खेलेकी राजदुत यान्छीले नेकपाको पुनः एकता र त्यसका लागि महराको पहलका बारेमा जिज्ञासा राखेकी थिइन् ।
जवाफमा महराले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको र अझै एकताका लागि आफुले पहल गर्ने बताए ।