काठमाडौं : नेकपाका नेता स्वनाम साथीको निधन भएको छ। कोभिड-१९ लगायतका अन्य दीर्घरोगबाट ग्रसित नेता स्वनामको शुक्रबार साँझ निधन भएको नेकपा नेता मातृका पोखरेलले जानकारी दिए।
नेकपा (चौम) देखि नै सक्रिय राजनीतिमा रहेका साथी नेकपा मसाल, नेकपा एकता-केन्द्र, नेपाल मसाल, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए। नेकपाका बौद्धिक र इमान्दार छविका नेता स्वनामको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो।
पछिल्लोसमय एमसीसी खारेज अभियानमा सक्रिय नेता स्वनाम वामपन्थी जनमतका अभिभावक थिए। उनको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ।