काठमाडौंः हुम्लाका सांसद छक्क बहादुर लामा नेकपा अध्यक्षद्वय प्रचण्ड–माधव कुमार नेपाल समूहमै फर्किएका छन् ।
संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई केन्द्रीय आयोजक समितिमा मनोनित गरेका थिए । शनिबार लामाले एक विज्ञप्ति जारी गर्दै आयोजक समितिमा मनोनित गरेकोमा ओलीलाई धन्यवाद दिँदै आफू प्रचण्ड–नेपाल समूहमा फर्किएको बताएका छन् ।
ओली पक्षमा गएपछि उनलाई शहिदको रगत बिर्सिएको भन्दै कार्यकर्ताले छोडेका थिए ।
सम्बन्धित समाचारः ‘शहिदको रगत बिर्सिएु भन्दै कार्यकर्ताले छोडे छक्कबहादुरलाई’