काठमाडौंः राजधानीको सभ्यताको स्रोत वाग्मती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ ।