काठमाडौंः संसद् विघटनविरुद्ध राजधानी काठमाडौंमा बृहत प्रदर्शन भएको छ ।
लेखक, कवि, कलाकारहरुका साथै विभिन्न क्षेत्रमा आवद्ध नागरिक अभियन्ताहरुले संसद् विघटनविरुद्ध शनिबार प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलामा शंख फुकेर विरोध गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा भएको संसद् विघटन प्रतिगामी र गैरसंवैधानिक कदम भएको बताएका छन् ।
बृहत नागरिक आन्दोलनले सबै तह र तप्कामा रहेका सचेत नागरिकहरुलाई असंवैधानिक कदमको प्रतिवादमा उत्रिन आह्वान गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले ह्यासट्याग ‘स्टप ओलीग्रेसी’, ह्यासट्याग ‘सेभ डेमोक्रेसी फ्रम ओलीग्रेसी’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।