राप्रपा नेता रौनियारले गरे पार्टी परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी राप्रपा परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने तयारीमा छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारले पार्टीबाट अलग भएको बताए । २०६६ सालदेखि राप्रपामा रहेर काम गर्दै आए पनि युवालाई पार्टीले उपयोग मात्रै गरेको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्