चिनियाँ कम्युनिष्ट पार्टीको टोली भोलि काठमाडौं आउँदै

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली नेपाल आउने भएको छ ।

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबार नेपाल भ्रमण आउन लागेका हुन् ।

याे पनि पढ्नुस  आज चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउने, नेकपा एकतामा के पर्ला असर ?

बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।

झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  चिनियाँ कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने कुरा अनुशासन– अध्यक्ष प्रचण्ड

 

कमेन्ट गर्नुहोस्