आज चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउने, नेकपा एकतामा के पर्ला असर ?

काठमाडौं । नेकपा विभाजनको औपचारिक घोषणा मात्र बाँकी भएको बेला चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको उच्चस्तरीय टोली आज नेपाल आउँदैछ ।

नेपालमा एकीकृत कम्युनिष्ट पार्टीका पक्षमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उक्त प्रतिनिधिमण्डल चार दिनसम्म नेपालमा रहने कार्यक्रम छ ।

यो अवधिमा उक्त टोलीले नेकपाका दुबै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्ने बताइन्छ । यसअघि नेकपाका दुबै पक्षका नेताहरुसँग चिनियाँ राजदूतले सघनरुपमा भेटघाट गरेकी थिइन ।

याे पनि पढ्नुस  मन्त्रीपरिषदको बैठक पछाडि सारियो, सचिवालय बैठकमा ओलीले जवाफी प्रस्ताव पेश गर्ने सम्भावना

आज आउने प्रतिनिधिमण्डलले नेकपाको एकता विभाजन हुन नदिन र चीनसँग एकीकृत नेकपाको भाइचारा सम्बन्ध कायम राखिराख्न प्रयास गर्ने बताइन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको जनाइएको छ ।

याे पनि पढ्नुस  बीआरआई चीन र नेपालको विकास तथा समृद्धिको अवसरः प्रचण्ड

नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाल, कृष्णबहादुर महरालगायतका नेतासँग गत साता भेट गरेकी थिइन ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनको भेट भएको थियो । यी भेटहरुमा राजदूतले नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ ।

याे पनि पढ्नुस  प्रचण्ड–माधव पक्षको ७७ वटै जिल्लामा बिस्तारित भेला

भारतीय सञ्चारमाध्यमहरुले भने आइतबार काठमाडौं ओर्लन लागेको टोली चिनियाँ राष्ट्रपतिकै आदेशमा आउन लागेको दाबी गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्