प्रचण्ड–माधव पक्षको ७७ वटै जिल्लामा बिस्तारित भेला

काठमाडौं, प्रचण्ड–माधव पक्षले आज देशैभरी बिस्तारित बैठक र भेलाको आयोजना गरेको छ ।

केन्द्रीय समितिको निर्णय अनुसार, पार्टीले ७७ वटै जिल्लामा भेला आयोजना गरेको हो ।

भेलामा जिल्ला कमिटिका सदस्य तथा पदाधिकारी, प्रदेश कमिटी सदस्य, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा जनवर्गीय संगठनका पदाधिकारीहरुलाई निमन्त्रणा गरिएको छ ।

याे पनि पढ्नुस  ओली पक्षधर केन्द्रीय सदस्यहरुकाे बैठक शुरु

सबै भेलाहरु पार्टी कार्यालयमा आयोजना गरिएका छन् ।

नेकपाको केन्द्रीय समिति बैठकले पुष १४ अगाडि वडातहसम्म भेला सम्पन्न गरी संगठन सुदृढिकरण गर्ने, एकताको सन्देश दिने र संसद विघटनको भण्डाफोर गर्ने तथा पुष १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  नेकपा विवादमा नाटकीय रूपमा ब्रेक !

 

कमेन्ट गर्नुहोस्