चीनमा सम्बन्धविच्द्धेदकाे नयाँ कानुन, निवेदन दिएको १ महिना फेरि सँगै बस्नुपर्ने

काठमाडौं । दम्पत्तीहरुबीच सम्बन्धविच्छेदका घटनाका बृद्धि हुन थालेपछि चीनले आफ्नाु मुलुकी ऐनमा परिवर्तन गरेको छ ।

नयाँ कानुन नयाँ वर्ष २०२१ देखि लागु हुने भएको छ ।

नयाँ कानुनले सम्बन्धविच्छेदको निवेदन दिएका दम्पत्तिहरुले एकमहिना सँगै बस्नुपर्ने नियम ल्याइएको छ । नयाँ नियम आउने थाहा पाएपछि यसै वर्ष सम्बन्धविच्छेद गर्न चाहनेको भीड विवाह दर्ता ब्यूरोमा देखिएको समाचार सार्वजनिक भएका छन् ।

याे पनि पढ्नुस  श्रीमानले ननुहाएपछि श्रीमतीले दिइन् डिभोर्स !

अहिलेको व्यवस्थामा भने निवेदन दर्ता गरेकै दिन सम्बन्धविच्छेदको प्रमाणपत्र पाइनछ । सम्बन्धविच्छेदका घटना बढन थालेपछि र त्यसका पछाडि सामान्य मनमुटाव समेत कारण हुन थालेको देखिएपछि चीन सरकारले एक महिना कुलअफ पिरियडको व्यवस्था गरेको हो ।

भावावेशमा आएर कुनै निर्णय नलिन र एक महिना फेरी त्यसबारेमा सोच्न यो नियम ल्याइएको देखिन्छ । कैयन युवा दम्पत्तिहरु राती झगडा गर्ने, बिहान सम्बन्धविच्छेदका लागि जाने र अर्कोदिन पछुताउने पनि देखिएको छ ।

याे पनि पढ्नुस  ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’

पोलिटिकल एडभाइजरी बोर्डका पूर्व सदस्य शाङले वर्ष २०१० मा नै कुलिङ अफ पिरियडको प्रस्ताव दिएका थिए ।

चीनमा २००३ पछि सम्बन्धविच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१९ मा ४७ लाख दम्पत्तिहरुले सम्बन्धविच्छेद गरेका थिए ।

कमेन्ट गर्नुहोस्