एमसिसी पास नगरे खतम हुनेवाला छ– मन्त्री रायमाझी

काठमाडौं । मन्त्रीपद ग्रहण गरेलगत्तै उर्जामन्त्री टोपबहादुर रायमाझीले एमसिसीको लबिङ शुरु गरेका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसिसी सम्झौता लागु गर्नुपर्नेमा जोड दिए ।

यसअघि कित्ता परिवर्तन गरेर मन्त्री नहुँदासम्म भने उनी एमसिसीको विपक्षमा रहेका थिए ।

याे पनि पढ्नुस  संसदको चुनावसम्म माओवादी ‘टप’ हुन्छ : रायमाझी

अमेरिकी सरकारको हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको एमसीसी सम्झौता सदनबाट पारित हुन नसक्दा अन्यौलमा रहेको छ ।

कुराकानीका क्रममा रायमाझीले कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने बताए । तर उनको जोड थियो, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

याे पनि पढ्नुस  हल्ला मच्चाए जस्तो सुस्त छैन सरकारः नेता रायमाझी

एमसिसी लागु नगरे ठूलो क्षति हुने बताउँदै रायमाझीले भने, एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण गर्ने हो भने खतम हुनेवाला छ ।’

कमेन्ट गर्नुहोस्