बुटवल । कोरोना संक्रमित एक जना पुरुष आइसोलेसनबाट भागेका छन् ।
आइतबार बिहान ६ बजेतिर शौचालय जाने निहुँमा आइसियुकै कपडा लगाएर बुटवल १३ का ५५ वर्षीया पुरुष भागेका छन् ।
गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए । ‘
अस्पतालबाट नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर जाडो भयो भन्दै कफी खाएका रहेछन्,’ अस्पतालका प्रवक्ता डा. गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराएको छ ।’
त्यस लगत्तै उनको मोबाइल बन्द भएको प्रवक्ता गौतमले बताए । ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको अस्पतालका प्रवक्ता गौतमले बताए ।
उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।