काठमाडौंः प्रचण्ड–नेपाल समूहको नेकपाले संसद् विघटनविरूद्व मंगलबार देशभर प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आक्रोशित बनेको उक्त समूहले मंगलबार देशभर प्रदर्शन गर्न लागेको हो ।
असंवैधानिक संसद् विघटन, ओली प्रतिगमनका विरूद्व यसअघि बसेको केन्द्रीय समिति बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रचण्ड–नेपाल समूहको नेकपाले मंगलबार विरोध प्रदर्शन गर्न लागेको हो ।
उक्त समूहको काठमाडौंका भृकुटीमण्डपमा विरोध सभा गर्नेछ । त्यसअघि टेकचोक, लौनचौर, नक्साल (सिटी सेन्टर), घण्टाघर (त्रिचन्द्र कलेज), रत्नपार्क र बागबजारबाट जुलुस शुरू हुनेछन् ।
भेलामा हजारौं कार्यकर्ता उतार्ने तयारी छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
केन्द्रीय संघर्ष समितिले प्रदर्शनका लागि १४ नारा तय गरेको छ ।
यस्ता छन् नाराः