राष्ट्रपति र प्रधानमन्त्री मिलेर लोकतन्त्रमाथि प्रहार गरेः पौडेल

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन् ।

तनहुँमा आज सरकारविरूद्ध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै पौडेलले ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने र लोकतन्त्र तथा संविधानमाथि नै प्रहार गरेका छन् । संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था छैन ।’

याे पनि पढ्नुस  कालिकोट पहिरोः काँग्रेसद्धारा दुःख व्यक्त

त्यसलाई रोक्न अझै एउटा विकल्प अदालत रहेको पौडेलले बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषद् अध्यादेश ल्याएको पौडेलले बताए ।

याे पनि पढ्नुस  बाँके घटनाका दोषीलाई कारवाही हुन्छः गृहमन्त्री थापा

अब मुलुकले चुनाव धान्न नसक्ने, चुनाव पनि नहुने र संसद पुनर्स्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।

कांग्रेसले लोकतन्त्र र संविधान रक्षाका लागि लड्नुपर्ने बेला आएको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्