काठमाडौंः प्रचण्ड–नेपाल समूहको नेकपाले संसद् विघटनविरूद्व मंगलबार देशभर प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आक्रोशित बनेको उक्त समूहले मंगलबार देशभर प्रदर्शन गर्न लागेको हो ।
असंवैधानिक संसद् विघटन, ओली प्रतिगमनका विरूद्व यसअघि बसेको केन्द्रीय समिति बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रचण्ड–नेपाल समूहको नेकपाले मंगलबार विरोध प्रदर्शन गर्न लागेको हो ।
उक्त समूहको काठमाडौंका भृकुटीमण्डपमा विरोध सभा गर्नेछ । काठमाडौंका १३ ठाउँबाट जुलसु निस्कनेछन् ।
भेलामा हजारौं कार्यकर्ता उतार्ने तयारी छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
केन्द्रीय संघर्ष समितिले प्रदर्शनका लागि १४ नारा तय गरेको छ ।
सम्बन्धित समाचारः भोलि हुने प्रदर्शनमा हजारौं कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी, यस्ता छन् १४ नारा
टेकु– युवराज ज्ञवाली
कुलेश्वरः बेदुराम भुसाल
कुपण्डोलः पम्फा भुसाल
नयाँबानेश्वरः गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल
मैतिदेवीः हरिबोल गजुरेल
नक्साल चोकः देवेन्द्र पौडेल
लैनचौरः जनार्दन शर्मा
एन.सी.सी न्यूरोड गेटः अष्टलक्ष्मी शाक्य
रत्नपार्क शान्ति बाटिकाः मुकुन्द न्यौपाने
त्रिचन्द्र क्याम्पसः योगेश भट्टराई
पूरानो बसपार्कः अमृतकुमार बोहरा
बागबजारः बर्षमान पुन
बाल्मिकी क्याम्पसः गणेश शाह