काठमाडौंका १३ स्थानबाट जुलुस निस्किने, कहाँ कुन नेताले गर्दैछन् नेतृत्व ?

काठमाडौंः प्रचण्ड–नेपाल समूहको नेकपाले संसद् विघटनविरूद्व मंगलबार देशभर प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आक्रोशित बनेको उक्त समूहले मंगलबार देशभर प्रदर्शन गर्न लागेको हो ।

असंवैधानिक संसद् विघटन, ओली प्रतिगमनका विरूद्व यसअघि बसेको केन्द्रीय समिति बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रचण्ड–नेपाल समूहको नेकपाले मंगलबार विरोध प्रदर्शन गर्न लागेको हो ।

याे पनि पढ्नुस  नेकपाको केन्द्रीय कमिटिको बैठक शुरू, यी हुन् बैठकका सात एजेण्डा

उक्त समूहको काठमाडौंका भृकुटीमण्डपमा विरोध सभा गर्नेछ । काठमाडौंका १३ ठाउँबाट जुलसु निस्कनेछन् ।

भेलामा हजारौं कार्यकर्ता उतार्ने तयारी छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

केन्द्रीय संघर्ष समितिले प्रदर्शनका लागि १४ नारा तय गरेको छ ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच भेटघाट, के भयो कुराकानी ?

सम्बन्धित समाचारः भोलि हुने प्रदर्शनमा हजारौं कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी, यस्ता छन् १४ नारा

टेकु– युवराज ज्ञवाली

कुलेश्वरः बेदुराम भुसाल

कुपण्डोलः पम्फा भुसाल

नयाँबानेश्वरः गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल

मैतिदेवीः हरिबोल गजुरेल

नक्साल चोकः देवेन्द्र पौडेल

लैनचौरः जनार्दन शर्मा

याे पनि पढ्नुस  ओलीलाई रेणु दाहालको प्रश्नः ‘बा’ ले राजनीती गर्ने, छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने हो ?

एन.सी.सी न्यूरोड गेटः अष्टलक्ष्मी शाक्य

रत्नपार्क शान्ति बाटिकाः मुकुन्द न्यौपाने

त्रिचन्द्र क्याम्पसः योगेश भट्टराई

पूरानो बसपार्कः अमृतकुमार बोहरा

बागबजारः बर्षमान पुन

बाल्मिकी क्याम्पसः गणेश शाह

कमेन्ट गर्नुहोस्