काठमाडौंः नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयले उनीहरूलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।