काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ ।
मंगलबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।