नेकपाको जुलुसमा ५०औ हजार सहभागी

काठमाडौं । संसद विघटनविरुद्ध आज आयोजित नेकपाको प्रदर्शन शुरु भएको छ ।

बिहान साढे ११ बजे निर्धारित स्थानमा जम्मा भएपछि जुलुस निस्किने पूर्व निर्धारित कार्यक्रम अनुसार, अहिले बिभिन्न स्थानबाट प्रदर्शनकारी अघि बढेका हुन ।

बागबजारमा युवासंघ र त्रिचन्द्र कलेज अगाडि विद्यार्थीहरु भेला भएका थिए । यसैगरी कोटेश्वर, वानेश्वर, नक्साल, कालिमाटी, कलंकी बल्खुचोक, चाबाहिल लगायतका स्थानबाट समेत जुलुस निस्केको छ ।

जुलुसमा ५०औं हजार सहभागी भएका छन् ।

जुलुसमा सरकाविरोधी नारा लगाइएका छन् ।

जुलुसले निर्धारित रुट पार गरेपछि बिरोध सभामा परिणत हुने कार्यक्रम छ ।

https://fb.watch/2GAzOB21vj/

लाइभ हेर्न यो लिंकमा क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्