काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गरेको छ ।
आइतबार र सोमबार नेकपाका दुवै पक्षका शीर्ष नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेको टोलीले आज बिहान जसपा नेता बाबुराम भट्टराईसँग समेत छलफल गरेको थियो ।
नेकपा एक भएर अघि बढ्ने शुभेच्छा राखेको टोलीले आज प्रतिपक्षी नेता देउवालाई नेपाल र चीन सम्बन्ध तथा नेपाली कांग्रेसको पछिल्लो राजनीतिक अवस्थाबारे धारणाका सम्बन्ध कुराकानी भएको थियो ।
छलफलमा देउवाका तर्फबाट नेता नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई सामेल थिए ।
उक्त भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । भेटका अवसरमा कुओले नेपाल आउनुअघि राष्ट्रपति शीलाई भेटेको र शीले देउवालाई सन्देश दिएको बताए । “राष्ट्रपति सी चिनफिङले तपाईं ९देउवा० सँग सन् २०१९ मा नेपाल आउँदा भएको भेटको उल्लेख गर्दै आफ्नो तर्फबाट धन्यवाद दिन लगाउनु भयो,’ भट्टराईले कुओलाई उद्धृत गर्दै भने ।
कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गरेका थिए । उनले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका थिए ।