संविधानमाथि ओलीले विश्वासघात गरे : खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको कार्यकाल खेर फालेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको भन्दै उनले तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव नपारेको भन्दै खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ‘३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।’

याे पनि पढ्नुस  नेपाल–खनाल समूहको छुट्टै राजनीतिक प्रस्ताव तयार (पूर्णपाठसहित)

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था गरिएको कुरा कार्यान्वयन गर्नुपर्नेमा त्यसो नगरेको खनालको भनाइ थियो । ‘उहाँले त मुलुकमा समाजवाद स्थापना गर्नतिर जानुपर्थ्यो । उहाँले तुइन विस्थापन गर्नुपर्थ्यो,ु खनालले भने, ‘तर उहाँले त्यसो गर्नुभएन । उहाँले ३ नीति तथा कार्यक्रम र बजेट ल्याउनुभयो ती पुँजीवादी थिए ।’

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा, भटवार्ता जारी

निर्वाचनमा नेकपाको विजय भएको तर त्यसलाई प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत जीतका रूपमा व्याख्या गरेको खनालको भनाइ थियो । ‘जनताले केपी ओलीलाई भोट थिएन, नेकपाका नेतानहरूलाई दिएको भोट थियो । केपी ओलीमाथि अपार विश्वास गरेर प्रधानमन्त्री बनायौं, त्यसको दुरुपयोग गरेर संसद् विघटन गरिएको छ ।’

आधिकारिक नेकपा आफूहरू भएको भन्दै खनालले सूर्य चिन्‍ह र झन्डा आफूहरूको भएको बताए । उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिइएको बताए ।

याे पनि पढ्नुस  बालुवाटार बैठक : पार्टीमा छलफल नगरी धमाधम नियुक्ति भएको भन्दै झलनाथ कड्किएपछि...

खनालले भने, ‘संविधानमाथि ओलीले विश्वासघात गरेका छन् । संविधानमा प्वाल पारेका छन् । त्यै कुरालाई मानेर जाने हो भने मुलुकमा अस्थिरता हुन्छ । अस्थिरताका प्वाल टाल्नुपर्ने अवस्था छ । त्यसका लागि संसद्‌को पुनःस्थापना अनिवार्य मानेका छौँ।’

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसको विरोधमा दाहाल र नेपाल पक्षले सडक प्रदर्शन गरिरहेका छन् । यो पक्षले मंगलबार मुलुकभर प्रदर्शन गरिररहेको छ ।

कमेन्ट गर्नुहोस्