नेकपाभित्र सहमतिको सम्भावना अझैं छः मुख्यमन्त्री पोख्रेल

कपिलवस्तुः लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले नेकपाभित्र सहमतिको सम्भावना रहेको बताएका छन् । मंगलबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, बुद्धभूमि क्याम्पसमा आयोजित भेलालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा आएको बताए ।

‘हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसै हामी विभाजनको पक्षमा छैनौं । उहाँहरुले प्रधानमन्त्रीलाई गरेको आरोपपत्र फिर्ता लिने र चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरि सँगै हिँड्न सक्ने अवस्था आउँछ’, उनले भने ।

याे पनि पढ्नुस  बाबुराम र विप्लव नेकपाकै गाडीमा

उनले प्रचण्ड–माधव पक्षलाई विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गरे ।

मुख्यमन्त्री पोख्रेलले संसद् विघटनपछि जारी आन्दोलनप्रति इंगित गर्दै देशमा जारी भएको आन्दोलन, आन्दोलन नभई चुनावको तयारी रहेको संज्ञा दिए ।

 

कमेन्ट गर्नुहोस्