एसईईको रजिस्ट्रेसन फाराम खुल्यो, कहिले होला परीक्षा ?

काठमाडौंः एसईई २०७७ मा सहभागी हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्कसहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  यसरी हेर्नुस् एईईको नतिजा

विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने बताए । उनले बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नुपर्ने बताए । त्यसो नगर्दा शैक्षिक सत्र खेर जान उनको चिन्ता छ ।

याे पनि पढ्नुस  त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

कमेन्ट गर्नुहोस्