अमेरिकामा पुग्यो नयाँ कोरोना भाइरस

काठमाडौंः संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नयाँ कोरोना भाइरसका पहिलो बिरामीको पुष्टि भएको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस सार्स–कोभ–२ भन्दा बढी सङ्क्रामक हुँदा दर्जनौं राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलोराडोमा पुष्टि भएका सङ्क्रमितको उमेर करिब २० वर्ष रहेको छ । स्वास्थ्य विभागले उनको कुनै यात्रा वृत्तान्त नरहेको जनाएको छ । राज्यका गर्भनर जैरेड पोलिसले आइसोलेशनमा रहेका बिरामीमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको स्रोतबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  प्रदर्शनकारीलाई समर्थन गर्दै ओबामाले भने, ‘यो अमेरिकी क्रान्ति हो, यो देश आन्दोलनकै जगमा निर्माण भएको हो’

अमेरिकामा नयाँ भाइरसबाट सङ्क्रमित भएको यो पहिलो घटना दत्र्ता गरिए पनि रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले नयाँ सङ्क्रमण फैलिसकेको हुन सक्ने दाबी गरेको छ ।

नयाँ कोरोना भाइरसको सङ्क्रमण दक्षिण कोरिया, जापान, स्पेन, अष्ट्रेलिया र क्यानाडासहित कम्तिमा १७ राष्ट्रमा पुगेको द् गार्जियनले उल्लेख गरेको छ । अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड ४६ लाख पुगेको छ ।

कमेन्ट गर्नुहोस्