वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको प्रदेश सांसदको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । जसमा शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्ताव गरिएको छ ।

कमेन्ट गर्नुहोस्