बिरामी पत्नी सितालाई भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौंः नेकपाका अध्यक्ष प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दाहाललाई भेट्न अस्पताल पुगेका छन् ।

आकस्मिक रुपमा बिरामी परेपछि सिताको भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा उपचार भइरहेको छ ।

छोरी गंगा दाहालका अनुसार लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

याे पनि पढ्नुस  नेकपा विवादमा सहमति खोज्न कार्यदल गठन, को–को परे ?

कमेन्ट गर्नुहोस्