यमन, यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयंकर बम विष्फोट भएको छ ।
विष्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
घटनामा ५० बढी घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुका अनुसार, नयाँ सरकारका सदस्यहरुलाई लिएर आएको विमान छिमेकी साउदी अरबबाट एयरपोर्टमा पुग्नेबित्तिकै ठूलो विष्फोट भएको थियो ।
मारिएका मानिसहरुमा सहायक कर्मचारी र अधिकारी रहेका छन् । प्रधानमन्त्रीले आफू र उनको मन्त्रीमण्डल सकुशल रहेको बताएका छन् ।
सूचना मन्त्रीले हुती विद्रोहीहरुमाथि आरोप लगाउँदै हमलालाई कायरतापूर्ण चरमपन्थी आक्रमण बताएका छन् ।
हुती विद्रोहीहरुले देशका अधिकतर पश्चिमी क्षेत्रमा नियन्त्रण गर्ने र साउनी अरब समर्थित राष्ट्रपति अब्दूरब्बू मंसूर हादीलाई देश छोडन बाध्य गरेका थिए । त्यसपछि साउदीको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनको युद्धमा हस्तक्षेप गरेको थियो ।