अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै मुख्यमन्त्री राईद्वारा १५ सांसदमाथि कार्वाही

विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेको घोषणा गरेका छन् । मुख्यमन्त्रीविरुध्द अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरेको प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले जानकारी दिए ।

मुख्यमन्त्रीविरुध्द अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको राजभण्डारीले जानकारी दिए। निलबनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आर्चाय, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

याे पनि पढ्नुस  प्रदेश १ मा थपिए ४ राज्यमन्त्री, कसलाई के जिम्मेवारी ?

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकोले कारबाही उनीहरूलाई भने कारबाही गरिएको छैन ।

मुख्यमन्त्री राईले कार्वाहीको घोषणा गरेपनि प्रचण्ड–माधव पक्षले भने राईलाई संसदीय दलको नेताबाट हटाइसकेको छ ।

याे पनि पढ्नुस  मुख्यमन्त्री राई मास्कविना प्रतिबन्धित सभामा पुगेपछि...

बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दको नेताबाट हटाउँदै दाहाल–नेपाल समूहका भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ ।

अल्पमतमा परेका राईले गरेको निलम्बनको घोषणा कानुनी वैधता पाउने या नपाउने भन्ने विषय भने अब बहसमा आउने देखिन्छ ।

कमेन्ट गर्नुहोस्