२४ घण्टामा थपिए ५३४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ५३४ जना कोरोनास संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारि गरेको तथ्यांक अनुसार, देशभरिका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित जोडदा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने १८५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित

हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८७२ जना होम आइसोलेसनमा छन् भने २३६ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्