अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउनुस्ः मन्त्री अर्याल

ललितपुरः कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज (बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन् ।

याे पनि पढ्नुस  मन्त्री अर्याल भन्छिन्, ‘गुठी परम्पराको संरक्षण सरकारले गर्छ’

पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिइन् । कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन् । त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउनसमेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

याे पनि पढ्नुस  लिम्पियाधुरा समेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन् । कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडी बढाउन निर्देशन दिइन् ।

कमेन्ट गर्नुहोस्