राजा महाराजाको निरंकुशता नटिकेको नेपालमा ओलीको निरंकुशता धेरै दिन टिक्दैनः पुन

बुटवल: नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागआफू मातहत राखेको चर्चा गरे । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो ।

याे पनि पढ्नुस  मन्त्री पुनको घोषणाः अब जलविद्युतमा खराब लगानी निषेध गर्छौं

पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पुनले लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो ।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिंड्नुभएको छ’, नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले भने, ‘यो नेपालमा हो, राजामहाराजाको निरंकुशता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं ।’

याे पनि पढ्नुस  पूर्वलडाकु र सहिद परिवारप्रति गोहीको आँशु नचुहाउन ओली र बादललाई वर्षमानको चेतावनी

गत ५ पुसको मन्त्रिपरिषद बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गरे । नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे ।

‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’

याे पनि पढ्नुस  अब सरकारका कामको नतिजा देखिन थाल्छः ऊर्जामन्त्री पुन

फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्र्डै दुई तिहाई र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरुले पाउनेमा शंका नरहेको दाबी गरे । ओलीको असंवैधानिक सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनको थियो ।

कमेन्ट गर्नुहोस्