जनकपुरधामः नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
कुल नेकपाका ३२ जना सांसदमध्ये १७ जनाले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।
प्रदेश २ मा रहेका नेकपाका ३२ जना सांसदमध्ये २० जना प्रचण्ड–नेपाल पक्षका छन् । अविश्वासको प्रस्ताव दर्ता गरिएका मण्डल प्रधानमन्त्री केपी ओली पक्षका हुन् । आइतबार बैठक बसेर मण्डललाई दलका नेताबाट हटाइनेछ ।
दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको छ ।