काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
बिहान साढे नौ बजेतिर खुमलटार पुगेका गौतम प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामान्य भेटघाट भएको बताए ।
नेकपा दुई समूहका विभाजन भएपछि गौतम कुनै समूहमा पनि गएका छैनन् । उनले नेकपा विभाजन रोक्न प्रयास गर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकोमा उनले विरोध जनाउँदै आएका छन् ।