संसद् विघटनविरूद्व प्रदेश २ मा १००१ सदस्यीय संघर्ष समिति गठन

जनकपुरधामः संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैर संवैधानिक कदमविरूद्ध आन्दोलनको पहिलो चरणको आन्दोलनका कार्यक्रम समाप्त भइसकेकाले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको सहइन्चार्ज साहले बताए ।

याे पनि पढ्नुस  संसद् विघटनविरुद्व सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता

आगामी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन हुनेछन् । प्रदेशका प्रत्येक जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम गरिने बताइएको छ ।

प्रचण्ड–माधव पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने ६४ जना केन्द्रीय सदस्यमध्ये ४५ जना आफूहरुको पक्षमा रहेको दाबी गरेको छ ।

याे पनि पढ्नुस  केपी ओली नेपाली राजनीतिको क्यान्सर हुन्, पालेर राख्दा सबैलाई खतराः बाबुराम भट्टराई

यस्तै, प्रदेशका २ सय १४ जना सदस्यमध्ये १ सय ३४ जना, प्रतिनिधिसभाका १६ जना सांसदमध्ये ११ जना, राष्ट्रियसभाका ४ जना सदस्यमध्ये २ जना र प्रदेश सभाका ३२ सांसद मध्ये २० जना आफूहरुको पक्षमा रहेको उनीहरुको दावी छ ।

प्रदेशसभा सदस्यहरूले बुझाउने लेबी खातामा रोक्का गर्नका लागि बैंक खाता रोक्का गर्ने प्रक्रिया समेत अगाडि बढाइएको छ ।

प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कमेन्ट गर्नुहोस्