राष्ट्रिय सभाको बैठक शुरू (लाइभ)

काठमाडौंः प्रतिनिधि सभा विघटनको घोषणा भएको बेला राष्ट्रिय सभाको बैठक आजदेखि शुरू भएको छ ।

बैठकमा राष्ट्रपतिबाट राष्ट्रिय सभा आह्वान र मन्त्रिपरिषद् पुनर्गठनको पत्रको बेहोरा पढेर सुनाइनेछ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यसूची तय गरेको थियो ।

याे पनि पढ्नुस  ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ लगायत प्रस्तावहरू राष्ट्रिय सभामा पेस

त्यस्तै छैटौं अधिवेशनपछि जारी भएका अध्यादेश टेबुल गरिनेछ । गत असार १८ मा संघीय संसद्को बैठक अन्त्य भएपछि सरकारले सातवटा अध्यादेश जारी गरेको छ । संविधानको धारा ११४ अनुसार जारी अध्यादेश संघीय संसद्को बैठक प्रारम्भ भएको दिन पेस गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्