दार्चुलाः दार्चुलामा विद्यार्थीको कानको जाली फुटाएको भन्दै शिक्षक दिनेश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कक्षा ८ मा अध्ययनरत नौगाड गाउँपालिका–६ का १५ वर्षीय छात्रको शिक्षकको कुटाइबाट कानको जाली फुटेपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।
सोही विषयमा विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा निज शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए । स्वास्थ्य रिपोर्ट अनुसार विद्यार्थीको कानको जाली फुटेको छ ।