नेकपा फुटले प्रतिगामी शक्तिहरु सल्बलाउन थालेः महामन्त्री सिंह

काठमाडौंः नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटले देशको राजनीति र विकासमा असर परेको बताएका छन् ।

महामन्त्री सिंहले शुक्रबार एक साक्षात्कार कार्यक्रममा उनले भने, ‘कोरोना संक्रमणले देशमा गम्भीर असर परेका बेला नेकपा फुट उचित होइन, यो फूटले राजावादीहरु र धर्म निरपेक्ष विरोधीहरु सल्बलाउन थाले । पार्टी फुटबाट बचाउने अनेक उपायहरु हुन्छन्, मतभेदलाई छलफल र संवादबाटै हटाउन सकिन्छ । नेकपाका नेताहरुको आपसी दम्भका कारण नेकपा फुटको संघारमा पुगेको छ ।’

याे पनि पढ्नुस  पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

नेकपा फुटको फाइदा उठाउन प्रतिगामी शक्तिहरु अहिले सक्रिय देखिएको उनले बताए । ‘छिमेकी मुलुक भारले नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ, नेपालमा राजनीतिक स्थायित्व देख्न चाहँदैन, यो फुटले भारत सबैभन्दा बढी खुशी भएको छ’, उनले भने ।

ओली नेतृत्व सरकारले यसअघि भारतीय नाकाबन्दी विरुद्ध उभिएर देशको मन जितेको तर अहिले पुनः भारतको सक्रियता बढेको चर्चा गरे । नेकपा फुटका कारण भारतको मात्र नभई अर्को छिमेकीमुलुक चीनको भूमिका पनि बढेको उनले टिप्पणी गरे । तर चीनको भूमिका भारतको तुलनामा सकारात्मक भएको उनले बताए ।

याे पनि पढ्नुस  मुद्दाका हिसाबले म र बाबुरामजी एउटै मोर्चामा छौंः प्रचण्ड

 

कमेन्ट गर्नुहोस्