काठमाडौंः नेकपा प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उक्त समूहले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनअन्तर्गत २४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिले जनाएको छ ।
घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले देशव्यापी आन्दोलन गरिने बताए ।