ओलीतर्फ इंगित गर्दै भट्टराईले भने– गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदियौं

झापाः नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले झापाको बिर्तामोडमा प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार गरेको प्रदर्शनमा भट्टराईले प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएको बताएका हुन् ।

उनले भने, ‘दुई जना पाइलट रहेको ठूलो जेट विमानलाई एकजना चालकले दुर्घटना गराए । अब अर्का क्याप्टेनलाई साथ दिनुपर्छ । गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएका छौँ ।’

भट्टराईले ओलीको राजनीतिक जीवन समाप्त भएको बताए । साथै ओलीलाई अब आराम गर्न उनले सुझाव दिए ।

कमेन्ट गर्नुहोस्