काठमाडौंः प्रधानमन्त्री केपी शर्मा आलीले अस्वस्थ चक्रव्यूहमा देशलाई फँस्न नदिन प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताएका छन् ।
नेकपा काठमाडौंद्वारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विद्यमान व्यवधान र अडचनबाट मुक्त हुन नयाँ जनादेशमा जाने निर्णय गरेको स्पष्ट पारे ।
‘मुद्दा लड्न पाइन्छ तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरिएको हो, संसद पुनस्र्थापना सम्भव छैन’, उनले भने, ‘बेलायतमा पनि त्यही दृष्टान्त रहेको छ । संसदीय व्यवस्था भएको देशमा यो स्वभाविक व्यवस्था हो ।’

कसैले नचाहँदैमा विकास निर्माण र समृद्धिको अभियान नरोकिने उनले बताए । विकास निर्माणको काम तिव्र गतिले अघि बढेकाले परिणाम आउनेक्रम जारी रहेको बताए । अब झन गतिका साथ विना अड्चन सरकार र पार्टीले काम गर्ने उनले दाबी गरे ।