मन्त्री रावल र बुढाद्वारा ओली समूह परित्याग, २२ सांसदसँगै कर्णाली सरकार सुरक्षित

सुर्खेत । कर्णाली प्रदेशका २३ जना सांसद प्रचण्ड–माधव नेपाल पक्षमा देखिएका छन् ।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित बनेको छ ।

ओलीका पक्षमा सांसदहरु प्रचण्ड–नेपाल पक्षमा देखिएपछि समीकरण उल्टिएको हो ।

आजमात्रै प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकायाा समेत प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेको मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको बताए ।

मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा पनि प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश केसी प्रचण्ड–माधव समूहमा नै छन् ।

यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित १० जना तथा प्रचण्ड–नेपाल समूहमा २३ जना पुगेका छन् ।

कमेन्ट गर्नुहोस्