नेकपा स्थायी कमिटी बैठक सम्पन्न, नेपालकाे अध्यक्षतामा कार्यदल गठन

नेकपा स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ । आज पेरिसडांडामा बसेकाे बैठकले पछिल्लाे राजनीतिक र संगठनात्मक अवस्थाकाे समीक्षा गर्दै आवश्यक निर्णय गरेकाे छ ।
संगठनलाई व्यवस्थित पार्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले केही कार्यदल गठन गरेको छ ।

पार्टी एकीकरण र जिम्मेवारी सम्बन्धमा माधव नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । ‘पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव कमरेडको संयोजकत्वमा एउटा समिति बनाइएको छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

बैठकले संसद् विघटनविरुद्ध शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन गरेको छ । बैठक भोलि १ बजे बस्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए ।

40Shares

कमेन्ट गर्नुहोस्