प्राइम कमर्शियल बैंक (PCBL) को शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्राइम कमर्शियल बैंक (PCBL) को शेयरमूल्य समायोजन गरेको छ।

बैंकको १५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता नयाँ शेयरमूल्य ४०७ रुपैयाँ तोकेको छ। बैंकको आइतबारको अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

याे पनि पढ्नुस  नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो

बैंकले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यालयमा तेह्रौ वार्षिक साधारण सभा बोलाएको छ।

याे पनि पढ्नुस  वर्षको अन्तिम कारोबार दिन शेयरबजारले रातो बत्ती बालेर २०७५लाई विदाई

साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी, बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

कोरोना महामारीको कारण भर्चुल माध्यमबाट सभामा उपस्थित हुन सक्नेगरी शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्