प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौंः पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।

याे पनि पढ्नुस  सकियो नेकपा सचिवालय बैठक, के–के भयो ?

प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सोमबारको बैठकमा सांगठनिकलगायतका विषयलाई अन्तिम रुप दिन गठन हुने कार्यदल सदस्यहरुको बारेमा छलफल हुने बताए । आइतबारको बैठकमा अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेस भएको थियो । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने बताइएको छ ।

याे पनि पढ्नुस  कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न र विसर्जन हुन दिन्नौंः माधव नेपाल

कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा पनि आज बस्ने बैठकले आवश्यक निर्णय गर्नेछ ।

कमेन्ट गर्नुहोस्