काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको मेचीनगर–२ का बद्रीहाङ राई रहेका छन् ।
श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।